Skip to content

Emergency contacts आपत्‌कालीन सम्पर्क

All emergency information सबै आपत्‌कालीन जानकारी
Verified Source Flood

काठमाडौं । रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन ए

नेपाली

काठमाडौं । रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) ले प्राविधिक तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

From Routine of Nepal Banda (RONB)

काठमाडौं । रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) ले प्राविधिक तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र यूएनओपीएसका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सारा नेट्जरबीच बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माण र पूर्वाधार विकासबारे छलफल भएको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको यूएनओपीएसको उच्चस्तरीय प्राविधिक टोलीले मन्त्री लम्सालसँग भेट गरेको थियो। भेटमा मन्त्री लम्सालले भदौ १० गतेको बाढीबाट रसुवामा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी गराउँदै क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारका सबै संयन्त्र परिचालन भइरहेको बताए। यूएनओपीएसले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै प्रभावित क्षेत्रमा दीर्घकालीन र एकीकृत विकासका लागि आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। The post बाढी प्रभावित रसुवाको पुनर्निर्माणमा यूएनओपीएसले प्राविधिक तथा आर्थिक सहयोग गर्ने appeared first on RONB post.

Where this came from This information was collected automatically from the original source and summarised. It is not a copy of the original and it may leave things out. Please read the original for the complete information.

You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).

यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।

Read Original →

Source
Routine of Nepal Banda (RONB)
Source type
Verified Source
Platform
Website
Originally published
10 September 2026, 11:36 AM
Collected
10 Sep 2026, 11:45 AM
Locations mentioned
रसुवा, भोटेकोशी

← All Rasuwa updates