काठमाडौं। अर्थमन्त्री डा
नेपाली
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुईदिने भ्रमणका लागि अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका छन।विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल वासिङ्…
From Routine of Nepal Banda (RONB)
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुईदिने भ्रमणका लागि अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका छन।विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल वासिङ्टन डीसी गएको अर्थ मन्त्रालयले जनाएको छ। असोज १९ र २० गते (अक्टोबर ५ र ६) हुने भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, वित्तीय सुधार तथा नेपाललाई FATF को ग्रे लिस्टबाट बाहिर निकाल्ने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (DFC) का उच्च पदस्थ अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग अर्थमन्त्री वाग्लेले भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै, हालैको भोटेकोशी बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने जनाइएको छ। सडक तथा विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमार्फत मुलुकमा रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने तथा विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गर्ने योजना रहेको अर्थ मन्त्रालयले जनाएको छ।
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 3 October 2026, 3:20 AM
- Collected
- 3 Oct 2026, 3:28 AM
- Locations mentioned
- भोटेकोशी