Skip to content

Emergency contacts आपत्‌कालीन सम्पर्क

All emergency information सबै आपत्‌कालीन जानकारी
Verified Source Shelter

काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्का

नेपाली

काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ।

From Routine of Nepal Banda (RONB)

काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ। कार्यक्रमअन्तर्गत पहिचान भएका प्रभावित परिवार तथा व्यक्तिलाई जीविकोपार्जनका लागि न्यूनतम १ लाख रुपैयाँ बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइनेछ। नगद सहायता वितरणका लागि मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच मन्त्रालयमा एक कार्यक्रमका बीच समझदारीपत्र हस्ताक्षर भएको छ। सम्झौतामा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा। विशाल भण्डारीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार भोटेकोशी बाढीबाट प्रभावित लक्षित समूहका व्यक्तिलाई सुरक्षित, पारदर्शी, मर्यादित र आवश्यकतामा आधारित रूपमा नगद सहायता वितरण गरिनेछ। प्रभावित व्यक्तिहरूको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट उपलब्ध गराइनेछ। प्राप्त तथ्यांक तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ। यसबाट सहायता वितरण प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

Where this came from This information was collected automatically from the original source and summarised. It is not a copy of the original and it may leave things out. Please read the original for the complete information.

You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).

यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।

Read Original →

Source
Routine of Nepal Banda (RONB)
Source type
Verified Source
Platform
Website
Originally published
7 October 2026, 10:42 AM
Collected
7 Oct 2026, 10:43 AM
Locations mentioned
भोटेकोशी

← All Rasuwa updates