Skip to content

Emergency contacts आपत्‌कालीन सम्पर्क

All emergency information सबै आपत्‌कालीन जानकारी
Verified Source Hospital

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले पछिल्लो एक दशकभन्दा बढी

नेपाली

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले पछिल्लो एक दशकभन्दा बढी समयदेखि नेपालले जुरे पहिरो, २०७२ सालको महाभूकम्प, मेलम्ची बाढी, थामे बाढी, जाजरकोट भूकम्प र हालै रसुवाको विनाशकारी बाढीजस्ता ठूला विपद् लगातार भोगिरहेको उल्लेख…

From Routine of Nepal Banda (RONB)

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले पछिल्लो एक दशकभन्दा बढी समयदेखि नेपालले जुरे पहिरो, २०७२ सालको महाभूकम्प, मेलम्ची बाढी, थामे बाढी, जाजरकोट भूकम्प र हालै रसुवाको विनाशकारी बाढीजस्ता ठूला विपद् लगातार भोगिरहेको उल्लेख गर्दै अब विकासको ढाँचा पुनर्लेखन गर्नुपर्ने बताएका छन्। उनले विपद्का कारण बस्ती, सडक, पुल र सार्वजनिक पूर्वाधार बारम्बार नष्ट भइरहेको तथा केही घण्टाको प्राकृतिक प्रकोपले वर्षौंको लगानी र मेहनत समाप्त गरिदिने अवस्था रहेको बताए। एउटा परिवारले घर मात्र नभई जीवनभरको कमाइ गुमाउने र समुदायले सडकसँगै शिक्षा, स्वास्थ्य तथा बजारसम्मको पहुँच गुमाउने गरेको उनको भनाइ छ। मन्त्री गौतमले विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको ठूलो मूल्य नेपालले चुकाइरहेको उल्लेख गरे। उनले अब ‘भत्किएको पुनः कसरी बनाउने’ भन्दा पनि ‘भविष्यका विपद् सहन सक्ने गरी कसरी निर्माण गर्ने’ भन्ने सोचमा केन्द्रित हुनुपर्ने बताए। जोखिमयुक्त नदी किनार, भिरालो भूभाग तथा अव्यवस्थित बसोबासलाई चुनौतीका रूपमा औंल्याउँदै उनले सुरक्षित भू-उपयोग, योजनाबद्ध बस्ती विकास, सुरक्षित विद्यालय तथा अस्पताल क्षेत्र, जलवायु अनुकूल पूर्वाधार र आवश्यक स्थानमा योजनाबद्ध पुनर्वासको अवधारणालाई प्राथमिकता दिनुपर्ने बताए।

Where this came from This information was collected automatically from the original source and summarised. It is not a copy of the original and it may leave things out. Please read the original for the complete information.

You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).

यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।

Read Original →

Source
Routine of Nepal Banda (RONB)
Source type
Verified Source
Platform
Website
Originally published
1 September 2026, 3:54 AM
Collected
1 Sep 2026, 4:13 AM
Locations mentioned
रसुवा

← All Rasuwa updates