काठमाडौं । गृहमन्त्री सुदन गुरुङले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङमा
नेपाली
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार कार्य अत्यन्तै जटिल बनेको बताएका छन्।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार कार्य अत्यन्तै जटिल बनेको बताएका छन्। सुरुङभित्र ठूलो मात्रामा दलदल जमेको र बाहिरी भूगोलसमेत जोखिमपूर्ण भएकाले उद्धारमा चुनौती थपिएको उनले बताए। मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले अपर त्रिशूली–३ ए आयोजनाको सुरुङभित्र करिब १० फिटसम्म दलदल जमेको जानकारी दिए। उद्धारका क्रममा प्रयोग गरिएको एक्स्काभेटरसमेत दलदलमा फसेको उल्लेख गर्दै उनले अवस्था निकै कठिन रहेको बताए। उनका अनुसार उद्धार टोली सुरुङभित्रको ‘क्राउन’ क्षेत्रसम्म पुग्न सफल भएको छ। साथै पावरहाउसतर्फबाट सुरुङमा पहुँच बनाउन होल खनेर खाना तथा पानी पठाउने सम्भावनाबारे पनि अध्ययन भइरहेको छ। ड्रोनमार्फत थर्मल इमेजिङ क्यामेरा प्रयोग गरी खोजी कार्य जारी रहेको भन्दै उनले सुरुङभित्र रहेका व्यक्तिहरूको उद्धार हुने आशा अझै नत्यागिएको बताए। विदेशी उद्धार टोलीलाई नेपाल प्रवेश गर्न नदिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै गुरुङले उक्त दाबी तथ्यहीन रहेको बताए। उनका अनुसार बाढी आएको भोलिपल्ट नै भारत र चीनका उद्धार टोलीलाई बोलाइएको थियो र तेस्रो दिनदेखि उनीहरू उद्धार अभियानमा सहभागी भएका थिए। गृहमन्त्रीले राहत तथा उद्धारका लागि उपलब्ध सबै हेलिकप्टर परिचालन गरिएको जानकारी दिए।
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 1 September 2026, 1:19 PM
- Collected
- 1 Sep 2026, 1:24 PM
- Locations mentioned
- त्रिशूली, भोटेकोशी