Skip to content

Emergency contacts आपत्‌कालीन सम्पर्क

All emergency information सबै आपत्‌कालीन जानकारी
Verified Source Flood

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त पृथ्वीराजमार्गको कृष्णभीर

नेपाली

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त पृथ्वीराजमार्गको कृष्णभीर सडकखण्ड पुनर्स्थापना भएपछि बिहीबार बिहानदेखि सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालनमा आएका छन्।

From Routine of Nepal Banda (RONB)

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त पृथ्वीराजमार्गको कृष्णभीर सडकखण्ड पुनर्स्थापना भएपछि बिहीबार बिहानदेखि सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालनमा आएका छन्। असोज १ गते बिहान ६ बजेदेखि उक्त खण्डमा यातायात सुचारु गरिएको हो। पुनर्निर्माण गरिएको नयाँ ट्र्याक २७० मिटर लामो र ७ मिटर चौडा रहेको तथा ग्राभेल स्तरमा निर्माण गरिएको जनाइएको छ। यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो । सवारी आवागमनलाई सुरक्षित बनाउन ट्राफिक संकेत, सूचना पाटी, क्र्यास ब्यारियर, रेट्रोरिफ्लेक्टिभ टेप तथा रातिको समयमा फ्लड लाइटको समेत व्यवस्था गरिएको छ। यससँगै बाढीपछि प्रभावित भएको पृथ्वीराजमार्गको प्रमुख अवरोध हटेर यात्रु तथा मालवाहक सवारीको आवागमन सहज हुने अपेक्षा गरिएको छ। The post कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन appeared first on RONB post.

Where this came from This information was collected automatically from the original source and summarised. It is not a copy of the original and it may leave things out. Please read the original for the complete information.

You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).

यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।

Read Original →

Source
Routine of Nepal Banda (RONB)
Source type
Verified Source
Platform
Website
Originally published
17 September 2026, 2:30 AM
Collected
17 Sep 2026, 2:31 AM
Locations mentioned
त्रिशूली

← All Rasuwa updates