काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको एक घरबाट महिलाको जीवितै उद्धार गरिएको छ
नेपाली
काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको एक घरबाट महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलको उद्धार टोलीले आनन्द श्रेष्ठको घरमा फसेकी ती महिलालाई सकुशल बाहिर निकालेको जनाएको छ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको एक घरबाट महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलको उद्धार टोलीले आनन्द श्रेष्ठको घरमा फसेकी ती महिलालाई सकुशल बाहिर निकालेको जनाएको छ। बाढीका कारण घर पुरिएपछि उनी जोखिममा परेकी थिइन्। उद्धारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्य उद्धार टोलीहरू निरन्तर खोज तथा उद्धार कार्यमा खटिएका छन्। यसअघि नेपाली सेनाले रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरेको थियो। त्यस्तै, त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट पनि दुई जनाको सकुशल उद्धार गरिएको थियो। बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको सुरक्षा निकायहरूले बताएका छन्। The post बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको उद्धार appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 5 September 2026, 8:42 AM
- Collected
- 5 Sep 2026, 8:50 AM
- Locations mentioned
- रसुवा, त्रिशूली, भोटेकोशी