काठमाडौं । नेपाली सेनाले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रहरूमा हालसम्म २७३
नेपाली
काठमाडौं । नेपाली सेनाले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रहरूमा हालसम्म २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको जनाएको छ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । नेपाली सेनाले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रहरूमा हालसम्म २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको जनाएको छ। सेनाले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र बनाउँदै राहत सामग्री ढुवानीलाई पनि निरन्तरता दिएको छ। सेनाका अनुसार धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३ ए क्षेत्रमा हवाई माध्यमबाट कुल २ हजार ५०० किलो राहत सामग्री पुर्याइएको छ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि संयुक्त टोली परिचालन गरिएको छ। चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा विदेशी नागरिकसहितको टोली करिब १५० मिटरभित्र पुगेको थियो। तर त्यसपछि सुरु हुने भिरालो भागमा सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा भेटिएको सेनाले जनाएको छ। त्यस्तै, अपर त्रिशूली–१ आयोजनाको हाँकू क्षेत्रमा संयुक्त टोली करिब १६० मिटरभित्र प्रवेश गर्दा सुरुङ थुनिएको अवस्थामा फेला परेको छ। त्रिशूली–३ ए आयोजनामा सुरुङको मुख पहिचान गरी तीन वटा एक्स्काभेटरमार्फत माटो हटाउने काम भइरहेको छ। इनलेट सुरुङतर्फ कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी बनाइएको प्वालबाट अत्यधिक पानी बगेपछि सो स्थानबाट प्रवेश गर्न असम्भव भएको सेनाले जनाएको छ। हाल उद्धार टोलीले आउटलेटतर्फबाट पुनः प्वाल पार्ने प्रयास गरिरहेको छ।
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 2 September 2026, 2:48 AM
- Collected
- 2 Sep 2026, 2:50 AM
- Locations mentioned
- रसुवा, धुन्चे, चिलिमे, त्रिशूली