काठमाडौं । नेपाल आयल निगमले उद्योगदेखि ५० किलोमिटर दुरीभित्र रहेका उपभोक्ताका ला
नेपाली
काठमाडौं । नेपाल आयल निगमले उद्योगदेखि ५० किलोमिटर दुरीभित्र रहेका उपभोक्ताका लागि खाना पकाउने एलपी ग्यासको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । नेपाल आयल निगमले उद्योगदेखि ५० किलोमिटर दुरीभित्र रहेका उपभोक्ताका लागि खाना पकाउने एलपी ग्यासको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। यसअघि २१ सय ६५ रहँदै आएकोमा अबदेखि उद्योगबाट ५० किलोमिटरको दुरीमा रहेका उपभोक्ताहरूले दुई हजार ६० रुपैयाँमै ग्यास खरिद गर्न पाउने भएका छन् । नयाँ व्यवस्थाअनुसार उक्त क्षेत्रका उपभोक्ताले तोकिएको संशोधित मूल्यमा ग्यास खरिद गर्नुपर्नेछ। निगमका अनुसार नयाँ मूल्य तत्काल लागू हुने गरी कार्यान्वयनमा ल्याइएको छ। पेट्रोलियम पदार्थको भाउ भने यथावत् राखेको छ । भोटेकोशी बाढीको विपद्लाई मध्यनजर गर्दै मूल्य यथावत् राखेको निगमको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि त्यसअनुसार समायोजन नहुँदा पाक्षिक १ अर्ब ९१ करोड ६९ लाख घाटा रहेको निगमले बताएको छ । The post उद्योगदेखि ५० किलोमिटर दुरीमा ग्यासको नयाँ मूल्य appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 16 September 2026, 2:14 AM
- Collected
- 16 Sep 2026, 2:14 AM
- Locations mentioned
- भोटेकोशी