काठमाडौं । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस (इन्टरपोल डे) को अव
नेपाली
काठमाडौं । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस (इन्टरपोल डे) को अवसरमा सोमबार साँझ काठमाडौंको सुन्धारास्थित धरहरामा विशेष कार्यक्रम गरि मनाएको छ ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस (इन्टरपोल डे) को अवसरमा सोमबार साँझ काठमाडौंको सुन्धारास्थित धरहरामा विशेष कार्यक्रम गरि मनाएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाद्वारा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित उच्च प्रहरी अधिकारीहरूले दीप प्रज्वलन गरी दिवस मनाएका थिए। कार्यक्रममा भोटेकोशी बाढी विपद्का कारण ज्यान गुमाएका नागरिक तथा कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा आईजीपी कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको महत्व झल्काउने सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गरे। वृत्तचित्रमा विभिन्न देशका प्रहरी संगठनबीचको समन्वय, सूचना आदानप्रदान तथा सहकार्यले अपराध अनुसन्धान र नियन्त्रणमा पुर्याएको योगदान प्रस्तुत गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले भोटेकोशी विपद्मा प्रभावित नागरिक तथा सुरक्षाकर्मीहरूको स्मृतिमा धरहराजस्तो उच्च स्थानबाट श्रद्धाञ्जली अर्पण गरिएको बताए। उनले इन्टरपोल दिवसले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको महत्वलाई थप उजागर गर्ने विश्वास व्यक्त गरे। हरेक वर्ष सेप्टेम्बर ७ मा मनाइने अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस संयुक्त राष्ट्रसंघ महासभाले सन् २०२२ मा घोषणा गरेको हो।
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 8 September 2026, 3:05 PM
- Collected
- 8 Sep 2026, 3:08 PM
- Locations mentioned
- भोटेकोशी