काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक
नेपाली
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड आज शनिबार १२ घण्टासम्म पूर्ण रूपमा बन्द रहने भएको छ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड आज शनिबार १२ घण्टासम्म पूर्ण रूपमा बन्द रहने भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त क्षेत्रमा सडक संरचनामा क्षति पुर्याएपछि राजमार्ग हालसम्म एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मत तथा पुनःस्थापना कार्यलाई तीव्र बनाउन जिल्ला प्रशासन कार्यालय धादिङले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ। प्रशासनका अनुसार मर्मत कार्य अवधिभर एम्बुलेन्स र शववाहन बाहेक अन्य सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। The post पृथ्वी राजमार्गको परेवाभिर खण्ड १२ घण्टा आज पूर्ण बन्द appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 5 September 2026, 2:10 AM
- Collected
- 5 Sep 2026, 2:22 AM
- Locations mentioned
- भोटेकोशी