काठमाडौं । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली– ३
नेपाली
काठमाडौं । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको छ ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको छ । अविरल वर्षा र जोखिमपूर्ण परिस्थितिका बाबजुद नेपाली सेनासहितको उद्धार टोली प्रभावित क्षेत्रमा रातभर खटिएर खोज तथा उद्धारमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रातको समयमा उद्धार कार्यलाई सहज बनाउन घटनास्थलमा उच्च क्षमताका फ्लडलाइट जडान गरिएको छ । प्रतिकूल मौसमका कारण थप जोखिम उत्पन्न हुन सक्ने अवस्थाबीच उद्धार टोलीले कार्यस्थलमा निरन्तर काम गरिरहेको सचिवालयले जनाएको छ । घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउन जेसीबी तथा भारी एक्स्क्याभेटर प्रयोग भइरहेका छन् । ती उपकरणमार्फत अवरुद्ध बाटो खुलाउने र पहिरो तथा माटोले पुरिएका हुन सक्ने स्थानसम्म पुग्ने प्रयास भइरहेको छ । उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ र विशेष मोनिटरको प्रयोग गरी सम्भावित स्थानमा सूक्ष्म रूपमा खोजी गरिरहेको जनाइएको छ । साथै, प्राविधिक टोली आपत्कालीन उपकरण र प्राथमिक उपचार सामग्रीसहित घटनास्थलमा समन्वय गरेर उद्धार कार्यमा खटिएको सचिवालयले जनाएको छ । The post प्रतिकूल मौसमबीच त्रिशूली- ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 30 August 2026, 2:05 AM
- Collected
- 30 Aug 2026, 2:07 AM
- Locations mentioned
- त्रिशूली