काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट भएको
नेपाली
काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखद्वारा प्रस्तुत विशेष प्रस्ताव पारित गर्दै संसदले गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा पुगेको क्षतिप्रति शोक व्यक्त गरेको हो। प्रस्तावमा बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्रमा ठूलो विनाश निम्त्याएको उल्लेख गरिएको छ। बाढीका कारण स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो संख्यामा मानिसहरूको ज्यान गएको संसदले जनाएको छ। प्रतिनिधिसभाले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। त्यसैगरी, बाढीका कारण घरबारविहीन बनेका नागरिकको तत्काल व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरिएको छ। The post विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 2 September 2026, 10:36 AM
- Collected
- 2 Sep 2026, 10:36 AM
- Locations mentioned
- रसुवा, त्रिशूली