काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका ल
नेपाली
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि चाँडै सुरक्षित बसोबासको व्यवस्था गरिने बताएका छन्।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि चाँडै सुरक्षित बसोबासको व्यवस्था गरिने बताएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित बालबालिकालाई ‘हाम्रा प्यारा नानी-बाबुहरू’ भन्दै सम्बोधन गरेका छन्। उनले विपत्तिपछि होल्डिङ सेन्टरमा बसिरहेका बालबालिकाको अवस्था सहज नभएको स्वीकार गर्दै सरकार उनीहरूको सुरक्षित भविष्य निर्माणका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले प्रभावित बालबालिकालाई पुनः आफ्नो भविष्यका सपना बुन्न सक्ने वातावरण तयार गरिदिने प्रतिबद्धता व्यक्त गर्दै सुरक्षित आवासको व्यवस्था चाँडै गरिने बताएका छन्। बालबालिकालाई ‘भोलिका उज्याला झुल्का’को संज्ञा दिँदै उनले उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा सरकार पूर्ण रूपमा केन्द्रित रहेको र यस अभियानमा सबैको साथ तथा सहयोग रहने विश्वास व्यक्त गरेका छन्। यस्तो छ प्रधानमन्त्री बालेनको स्टाटस्: हाम्रा प्यारा नानी-बाबुहरू,आज श्रीकृष्ण जन्माष्टमी। स-साना नानी-बाबुहरू राधा-कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानी-बाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्। तर, यसपालिको यो उत्सवमा रसुवा-भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानी-बाबुहरू त्यसरी खुशी हुन सक्नुभएन।
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 4 September 2026, 2:58 PM
- Collected
- 4 Sep 2026, 3:04 PM
- Locations mentioned
- रसुवा, भोटेकोशी