काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाक
नेपाली
काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ। बाढीका कारण विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनःस्थापित गर्न एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ। नुवाकोटको विदुर नगरपालिका ५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको छ। बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५।५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको हो। केहीदिन मै पुल निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ। तस्विर: नेपाल फोटो लाइब्रेरी The post यसरी तयार हुँदैछ देवीघाटमा ‘एक्रो ब्रिज’,केही दिनमै आवतजावत (फोटोफिचर) appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 6 September 2026, 7:27 AM
- Collected
- 6 Sep 2026, 7:32 AM
- Locations mentioned
- त्रिशूली