काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नद
नेपाली
काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुनःनिर्माणको काम अघि बढाएको छ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुनःनिर्माणको काम अघि बढाएको छ। बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुङ्गे पुलमा क्षति पुर्याएपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ। पुलमा क्षति पुगेसँगै नदीको एक किनारबाट अर्को किनारमा जान स्थानीयलाई समस्या भएको छ भने बजार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवाका लागि वारिपारि गर्ने अवस्था समेत प्रभावित बनेको छ। विशेषगरी नुवाकोटको केउरेनी बजार, तारुकाघाट लगायतका क्षेत्रमा पुल मर्मतको काम सुरु भइसकेको छ। पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। दैनिक उपभोग्य सामग्री खरिद गर्न बजार जानेदेखि कृषि उत्पादन ओसारपसार गर्नेसम्मका काम प्रभावित भएका छन्। सरकारले बाढीबाट क्षति पुगेका झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पुलमा बाढीबाट क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको थियो।
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 15 September 2026, 7:09 AM
- Collected
- 15 Sep 2026, 7:38 AM
- Locations mentioned
- रसुवा, कालिका, त्रिशूली, भोटेकोशी