Skip to content

Emergency contacts आपत्‌कालीन सम्पर्क

All emergency information सबै आपत्‌कालीन जानकारी
Verified Source Flood

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका

नेपाली

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।

From Routine of Nepal Banda (RONB)

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसैगरी गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ। बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राधिकरणका प्राविधिक टोलीले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएका थिए। प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएसँगै स्थानीय बासिन्दाको दैनिक जनजीवनसमेत क्रमशः सामान्य बन्दै गएको छ। प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ। The post बाढीका कारण विद्युत् अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा सञ्चालन appeared first on RONB post.

Where this came from This information was collected automatically from the original source and summarised. It is not a copy of the original and it may leave things out. Please read the original for the complete information.

You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).

यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।

Read Original →

Source
Routine of Nepal Banda (RONB)
Source type
Verified Source
Platform
Website
Originally published
31 August 2026, 10:58 AM
Collected
31 Aug 2026, 11:12 AM
Locations mentioned
रसुवा, कालिका, नौकुण्ड, गोसाइँकुण्ड, धुन्चे, भोटेकोशी

← All Rasuwa updates