काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको पहिचान गर्न नेपाल प्रहरीले
नेपाली
काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको पहिचान गर्न नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगहरूको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्…
From Routine of Nepal Banda (RONB)
काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको पहिचान गर्न नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगहरूको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने उद्देश्यले प्रहरीले सम्पर्कविहीन व्यक्तिका परिवारलाई रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको हो। प्रहरीका अनुसार बाढीपछि विभिन्न स्थानबाट शव तथा शरीरका अंगहरू फेला पर्ने क्रम जारी रहेकाले पहिचान प्रक्रिया चुनौतीपूर्ण बनेको छ। यस्ता अवस्थामा डीएनए परीक्षण नै सबैभन्दा भरपर्दो र वैज्ञानिक माध्यम भएकाले बेपत्ता व्यक्तिका नजिकका आफन्तलाई सहयोग गर्न अनुरोध गरिएको छ। नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीले डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन सक्नेछन्। नेपालमै रहेका आफन्तहरूले दुई प्रति पासपोर्ट साइजको फोटोसहित ताजा रगतको नमुना (फ्रेस ब्लड) लिएर नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब नजिक रहेको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तहरूका लागि भने छुट्टै व्यवस्था गरिएको छ। उनीहरूले आफू रहेको देशको आधिकारिक फरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराई प्राप्त प्रतिवेदनको सफ्ट कपी नेपाल प्रहरीलाई पठाउनुपर्नेछ।
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 31 August 2026, 11:56 AM
- Collected
- 31 Aug 2026, 12:11 PM
- Locations mentioned
- भोटेकोशी