काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना
नेपाली
काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा खोज तथा उद्धारका साथै पुनः सञ्चालनको तयारी तीव्र बनाइएको छ। सुरुङको प्रवेशद्वारमा थुप्रिएको ढुंगा, बालुवा र लेदो हटाउने काम निरन्तर जारी छ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा खोज तथा उद्धारका साथै पुनः सञ्चालनको तयारी तीव्र बनाइएको छ। सुरुङको प्रवेशद्वारमा थुप्रिएको ढुंगा, बालुवा र लेदो हटाउने काम निरन्तर जारी छ। उद्धार टोलीले सुरुङभित्रको अवस्था बुझ्न ड्रिलिङ गरी विभिन्न स्थानमा प्वाल बनाएको छ भने भित्र हावा पठाउने तथा सम्भावित अवस्थाको जानकारी लिन विशेष उपकरण प्रयोग गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्बन्धित निकायहरू घटनास्थलमा खटिएर सुरुङ खुलाउने प्रयासमा जुटिरहेका छन्। भारी उपकरणहरू समेत आयोजनास्थलमा पुर्याएर अवरोध हटाउने काम भइरहेको छ। फोटोहरूमा सुरुङ क्षेत्रमा भइरहेको ड्रिलिङ, अवरोध हटाउने कार्य, उद्धारकर्मीहरूको सक्रियता तथा आयोजनास्थलको पछिल्लो अवस्था देख्न सकिन्छ। बाढीपछिको चुनौतीपूर्ण परिस्थितिमा दिनरात खटिएका उद्धारकर्मी र प्राविधिकहरूको प्रयास अहिलेको मुख्य केन्द्रमा रहेको छ। The post रसुवास्थित त्रिशूली-३ ‘ए’मा यसरी हुँदैछ काम (फोटोफिचर) appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 1 September 2026, 9:43 AM
- Collected
- 1 Sep 2026, 9:48 AM
- Locations mentioned
- रसुवा, त्रिशूली, भोटेकोशी