Skip to content

Emergency contacts आपत्‌कालीन सम्पर्क

All emergency information सबै आपत्‌कालीन जानकारी
Verified Source Flood

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्‌‌ आयोजनामा क्

नेपाली

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्‌‌ आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत्‌‌ राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ ।

From Routine of Nepal Banda (RONB)

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्‌‌ आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत्‌‌ राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशूली कोरिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो । रसुवा बाढीले त्रिशूली कोरिडोरबाट आउने विद्युत्‌‌ अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको प्रवक्ता मोहनकुमार शाक्यले बताए । उनकाअनुसार नेपाल विद्युत्‌‌ प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ । मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणका लागि छलफल गरेको छ । नेपाल विद्युत्‌‌ प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माणको कार्य अगाडि बढाएको छ । कतिपय ठाउँमा भूमिगत वैकल्पिक विद्युत्‌‌ ग्रिडको विश्वसनीयताका लागि र थप भूमिगत ग्रिड निर्माण गर्नका निम्ति सडक विभाग र काठमाडौं महानगरपालिकासँग निश्चित तालिकासहित हिउँदको विद्युत्‌‌ व्यवस्थापनको सहकार्य लागि छलफल गरिएको प्रवक्ता शाक्यले बताए ।

Where this came from This information was collected automatically from the original source and summarised. It is not a copy of the original and it may leave things out. Please read the original for the complete information.

You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).

यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।

Read Original →

Source
Routine of Nepal Banda (RONB)
Source type
Verified Source
Platform
Website
Originally published
30 September 2026, 3:52 AM
Collected
30 Sep 2026, 4:08 AM
Locations mentioned
रसुवा, त्रिशूली

← All Rasuwa updates