काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मा
नेपाली
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ। मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज राष्ट्रिय शोक…
From Routine of Nepal Banda (RONB)
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ। मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देशभर शोक मनाइनुका साथै दिवंगतप्रति सम्मान प्रकट गरिँदै छ। सरकारले आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने व्यवस्था गरेको छ। भोटेकोसी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो। The post रसुवा बाढी : आज राष्ट्रिय शोक, देशभर राष्ट्रिय झण्डा आधा झुकाइँदै appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 7 September 2026, 3:06 AM
- Collected
- 7 Sep 2026, 3:13 AM
- Locations mentioned
- रसुवा