काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जन
नेपाली
काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको शुक्रबार (भदौ १९) बिहान सकुशल उद्धार गरिएको छ। ऊर्जामन्त्रीको सचिवालयका अनुसार उद्धार गरिएका व्यक्तिहरू सञ्जय साह र कबीर महर्जन हुन्।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको शुक्रबार (भदौ १९) बिहान सकुशल उद्धार गरिएको छ। ऊर्जामन्त्रीको सचिवालयका अनुसार उद्धार गरिएका व्यक्तिहरू सञ्जय साह र कबीर महर्जन हुन्। उनीहरू क्रमशः मेकानिकल फोरम्यान र मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत थिए। उद्धार टोलीले निरन्तर प्रयासपछि सुरुङभित्र रहेका दुवै जनासम्म पुग्न सफल भएको थियो। उद्धारपछि उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। भोटेकोशी बाढीका कारण प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा उद्धार तथा सफाइ कार्य अझै जारी रहेको सम्बन्धित निकायले जनाएको छ। The post भोटेकोशी विपत्तिको दशौं दिन: त्रिशूली-३ ‘ए’ को सुरुङबाट दुईजनाको उद्धार appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 4 September 2026, 4:01 AM
- Collected
- 4 Sep 2026, 4:03 AM
- Locations mentioned
- रसुवा, त्रिशूली, भोटेकोशी