Skip to content

Emergency contacts आपत्‌कालीन सम्पर्क

All emergency information सबै आपत्‌कालीन जानकारी
Verified Source Missing

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान

नेपाली

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविध…

From Routine of Nepal Banda (RONB)

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । बाढीका कारण मर्मत सम्भार गर्न नसकिने गरी क्षतिग्रस्त वा बाढीले बगाएर हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका सवारी पुनः आयात गरेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिने व्यवस्था गरिएको छ। त्यस्तै, बाढीका कारण पूर्ण रूपमा नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरणको सट्टा सोही प्रकृतिका सामान क्षतिको परिमाणभन्दा बढी नहुने गरी आयात गरेमा त्यसमा लाग्ने सम्पूर्ण भन्सार महसुल छुट दिने निर्णय भएको छ। भन्सारमा महसुल बुझाइसकेको तर भदौ १० गतेको बाढीका कारण गन्तव्यमा पुग्नुअघि नै वस्तु नष्ट भएको अवस्थामा पनि ६ महिनाभित्र सोही प्रकृतिको वस्तु जुनसुकै भन्सार कार्यालयबाट आयात गरेमा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गर्न पाउने व्यवस्था गरिएको छ। बाढी प्रभावित क्षेत्रका करदाताले भदौ र असोजभित्र बुझाउनुपर्ने विवरण तथा सोअनुसारको कर कात्तिक २५ गतेसम्म बुझाउन सक्ने गरी म्याद थप गरिएको छ।

Where this came from This information was collected automatically from the original source and summarised. It is not a copy of the original and it may leave things out. Please read the original for the complete information.

You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).

यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।

Read Original →

Source
Routine of Nepal Banda (RONB)
Source type
Verified Source
Platform
Website
Originally published
3 September 2026, 3:43 PM
Collected
3 Sep 2026, 3:53 PM
Locations mentioned
रसुवा, भोटेकोशी

← All Rasuwa updates