काठमाडौं । सरकारले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तर
नेपाली
काठमाडौं । सरकारले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यक्रम घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले आज उक्त कार्यक्रम घोषणा गरेका हुन् ।
From Routine of Nepal Banda (RONB)
काठमाडौं । सरकारले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यक्रम घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले आज उक्त कार्यक्रम घोषणा गरेका हुन् । बाढी तथा विपद्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ। कार्यक्रमको सुरुवाती चरणमा हिसान, प्याब्सन, एनप्याब्सन, ओपिन तथा नेपाल मोन्टेसोरी संघले सरकारसँग सहकार्य गरेका छन्। कार्यक्रममा अन्य शैक्षिक संस्था तथा संघसंस्थालाई पनि जोडिन आह्वान गरिएको छ। रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि ल्याइएको यो कार्यक्रम भविष्यमा यस्तै विपद् वा अन्य परिस्थिति सिर्जना भएमा प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिनसमेत उपयोग गरिने बताइएको छ। शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार रसुवा–भोटेकोसी बाढीपछि २८ शिक्षक र ५०० भन्दा बढी विद्यार्थी सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित विद्यार्थीको अध्ययनमा अवरोध नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको हो। The post सरकारद्वारा ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा appeared first on RONB post.
You have read a short extract. The full report is published by Routine of Nepal Banda (RONB).
यो संक्षिप्त अंश मात्र हो। पूरा समाचार मूल स्रोतमा पढ्नुहोस्।
- Source
- Routine of Nepal Banda (RONB)
- Source type
- Verified Source
- Platform
- Website
- Originally published
- 7 September 2026, 3:42 PM
- Collected
- 7 Sep 2026, 3:55 PM
- Locations mentioned
- रसुवा